काठमाडौं महानगरमा बालेन साह १० हजार ११३ मतले अगाडि

काठमाडौं महानगरमा बालेन साह १० हजार ११३ मतले अगाडि


काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन साहले १० हजार ११३ मतले अग्रता कायम राखेका छन् ।

पछिल्लो विवरणअनुसार ५४ हजार ६२१ मत गणना हुँदा बालेनले २१ हजार १११ मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १० हजार ९९८ र कांग्रेसकी सिर्जना सिंहले १० हजार १७३ मत पाएकी छन् ।

Logo