#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1145328053486244361506482268
नेपाल157843492036547

राष्ट्रिय गौरवका आयोजनाका लागि १ खर्बभन्दा बढी बजेट

काठमाडौं,

आगामी आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय गौरवका आयोजनामा सरकारले १ खर्ब ३ अर्ब ८५ करोड खर्च गर्ने भएको छ । ती आयोजनामा चालू आव २०७५/७६ मा करीब ९२ अर्ब विनियोजन भएको थियो । अहिले चालू आवमा भन्दा २६ अर्ब बढी बजेट छुट्याएको छ ।

राष्ट्रिय गौरवको सूचीमा रहेका १९ ओटा आयोजनाको निर्माणमा उक्त रकम खर्च हुनेछ । अर्थ मन्त्रालयका अनुसार १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी आयोजनाका लागि सरकारले आगामी आवका लागि १३ अर्ब ५७ करोड छुट्याएको छ । उक्त रकम आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणमा खर्च हुनेछ । चालू आवमा उक्त आयोजनालाई १७ अर्ब ९९ करोड ९६ लाख बजेट छुट्याइएको थियो ।

यस्तै, बबई सिँचाइ आयोजनामा आगामी आवका लागि १ अर्ब ४९ करोड ८६ लाख विनियोजन गरिएको छ । चालू आवमा उक्त आयोजनामा १ अर्ब २४ करोड छुट्याइएको थियो । चालू आवमा १ अर्ब ४९ करोड बजेट पाएको सिक्टा सिँचाइ आयोजनालाई आगामी आवमा भने १ अर्ब ५२ करोड छुट्याइएको छ । निर्माणाधीन उक्त आयोजना समस्याग्रस्त सूचीमा परेको छ ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाका लागि आगामी आवमा २ अर्ब ४२ करोड विनियोजन गरिएको छ । चालू आवमा उक्त आयोजनाले २ अर्ब १५ करोड पाएको थियो । चालू आव २०७५/७६ मा ६ अर्ब पाएको भेरी बबई डाइभर्सन आयोजनालाई सरकारले आगामी आव २०७६/७७ का लागि ४ अर्ब २० करोड विनियोजन गरेको छ ।
अभियानबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार