भरतपुरमा रेनु दाहाल ३ हजार १२६ मतले अघि

भरतपुरमा रेनु दाहाल ३ हजार १२६ मतले अघि


चितवनको भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले मतान्तर थप फराकिलो पार्दै लगेकी छन् ।

बिहानसम्म ४० हजार ९६३ मतगणना हुँदा गठबन्धनका साझा उम्मेदवार दाहालले १५ हजार ५१३ मत पाएकी हुन् । उनलाई एमालेका विजय सुवेदी १२ हजार ३८७ मतले पछ्याइरहेका छन्। रेनु विजय भन्दा ३ हजार १२६ मतले अघि छिन्। 

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ४०३ मत पाएका छन्। उपमेयरमा  कांग्रेसका चित्रसेन अधिकारी १७ हजार ९७० मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङको मत ९ हजार ९६१ मात्र छ।

Logo