पाल्पाली सेवा समाज दोहा कतारको कार्यक्रममा प्रवेश निशुल्क

तिलु शर्मा पौडेल ।

दोहा कतार । पाल्पाली सेवा समाज दोहा कतारले आफ्नो छैटौँ साधारणसभाको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । उक्त कार्यक्रमको लागि नेपालबाट चर्चित कलाकाहरु दोहा पुगिसकेका छन् । साधारसभा कार्यक्रममा विविध खेलकुद तथा साङ्गीतिक सम्मान कार्यक्रम पनि गरिनेछ ।

कार्यक्रमको लागि वरिष्ठ लोक दोहोरी गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, लोक तथा दोहोरी गायक शिरीष देवकोटा, लोक तथा दोहोरी गायिका मञ्जु पौडेल, लोक तथा दोहोरी गायक विक्रम परियार र नृत्यंगना सपना ढेंगा मगर दोहा आई पुगेका हुन ।

कलाकारलाई दोहा एयरपोर्टमा संस्थाका अध्यक्ष ईश्वर काफ्ले, प्रथम उपाध्यक्ष महल केसी, कार्यसमितिका पदाधिकारी, गुल्मी सेवा समाजका अध्यक्ष झबिन्द्र आचार्य लगायतले स्वागत गरेका थिए ।

कलाकारको आगमनसँगै कार्यक्रमको तयारी पूर्ण रूपमा सकिएको अध्यक्ष काफ्लेले जानकारी दिए । कार्यक्रममा पाल्पा जिल्लाका ऐतिहासिक स्थललाई कलात्मक रूपमा उतारिनेछ । कार्यक्रमलाई रानी महल ट्रेडिङ टेलरिङले मुख्य प्रायोजन गरेको छ भने साङ्गीतिक कार्यक्रममा दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ भने कार्यक्रम स्थानीय डल्ला ड्राइभिङ सेन्टरको हलमा हुनेकुरा आयोजकले जनाएका छन् ।

पाल्पाली सेवा समाज दोहा कतारको कार्यक्रममा प्रवेश निशुल्क