कञ्चनपुरमा एक युवक आफ्नै खेतमा मृत भेटिए

कञ्चनपुर । बेलौरीमा एक युवक आफ्नै खेतमा मृत भेटिएका छन् । बिहिवार बिहान बेलौरी नगरपालिका ४ को सिमाना बुटाबारीमा बेलौरी नगरपालिका–४ गिरी टोलका १९ बर्षिय विष्णु गिरी मृत फेला परेका हुन् ।

उनको मुखबाट रगत आउनुका साथै नजिकै विषालु पदार्थ भेटिएको प्रहरीले जनाएको छ । घटना के कति कारणले भएको भन्ने बारेमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक चुडामणि पुनले जानकारी दिए ।

मृतक गिरीका आमाबाबु भारतमा बस्दै आएका छन् । उनको कसैले हत्या गरेर खेतमा फालेको हो, वा आत्महत्या गरेका हुन भन्नेबारे अनुसन्धान थालिएको प्रहरी निरिक्षक पुनको भनाई छ ।