गोदावरीको मेयर र उपमेयरमा कांग्रेस विजयी

गोदावरीको मेयर र उपमेयरमा कांग्रेस विजयी


गोदावरी नगरपालिकामा गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र महर्जन र  कांग्रेसबाटै उपमेयरकी उम्मेदवार मुना अधिकारी विजयी भएकी छन् ।

नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार कांग्रेसका मेयरका उम्मेदवार महर्जनले १९ हजार एक सय ७० मत पाएका छन्सँ । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका मेयरका उम्मेदवार गम्भीर महर्जनले १५ हजार दुई सय ३२ मत पाएका थिए । 

कांग्रेसकी उपमेयरकी उम्मेदवार मुना अधिकारीले १८ हजार पाँच सय ३६ मतसहित विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी रमी प्रधानाङ्गले १४ हजार तीन सय पाँच मत पाएकी छिन् ।

गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले मेयर उपमेयर पदसँगै १४ वडामध्ये ११ वडामा विजय हासिल गरेको छ । 

Logo