हालसम्म ५ सय ७० स्थानीय तहको मतगणना सकियो : आयोग

हालसम्म ५ सय ७० स्थानीय तहको मतगणना सकियो : आयोग


स्थानीय तहको निर्वाचनमा हालसम्ममा  २९ हजार ३ सय ३ उम्मेदवार निर्वाचित भएका छन् । बिहीबार निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले ५ सय ७० स्थानीय तहको मतगणना सकिएको जानकारी दिएका छन् ।

 हालसम्म प्रमुखमा १ सय ७४ जना, उपप्रमुखमा १ सय ७४, अध्यक्षमा ३ सय ९६, उपाध्यक्षमा ३ सय ९६ वडाध्यक्षमा ५ हजार ६ सय ५९ महिला सदस्य ५ हजार ६ सय ५३ दलित महिला सदस्य ५ हजार ६ सय ५६ जना  र वडा सदस्य १ हजार २ सय ९५ जना निर्वाचित भएका छन् ।
 

Logo