ई–एग्रीकल्चरले देशमा कृषि क्रान्ति ल्याउँछ : मन्त्री यादव

ई–एग्रीकल्चरले देशमा कृषि क्रान्ति ल्याउँछ : मन्त्री यादव


कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले सूचना प्रविधिको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउने बताएका छन् । मन्त्री यादवले राजधानीमा आयोजित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको १२ औं दीक्षान्त समारोहमा यस्तो बताएका हुन् । 

कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै मन्त्री यादवले दीक्षित विद्यार्थीहरुलाई नेपालमै बसेर कृषि क्षेत्रमा सूचना प्रविधीको प्रयोग गरेर नेपाललाई कृषिमा आयतमूखी मुलुकबाट परिवर्तन गरि निर्यातमूखी मुलुकमा परिणत गर्न आव्हान गरे ।

उनले नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध संस्थामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुका लागि लर्ड बुद्धको एपीयुसँगको सहकार्यले अवश्य पनि फलदायी हुने कुरामा आशावादी रहेको बताए ।
 
मुलुककै पहिलो आईटी कलेजको रुपमा स्थापित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले आफ्नो स्थापना कालदेखि नै अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सूचना प्रविधि र व्यापार व्यवस्थापन जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गर्दै आइरहेको र संस्थाले नयाँ किसिमको रोजगारमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेकोमा गर्व लागेको कार्यक्रमको अध्यक्षता गरिरहेका कलेजका अध्यक्ष पंकज जालानले बताए ।

लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनिभर्सिटी, मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमै अन्तर्राष्ट्रिय सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर स्तरको अन्तर्राष्ट्रिय शिक्षा उपलब्ध गराउँदै आएको छ ।

१५० जना विद्यार्थी दीक्षित भएको यस कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक प्रकाशकुमार केजरीवालले स्वागत मन्तव्य दिएका थिए ।

Logo