खडक नगरपालिका मेयरमा माओवादीका जयप्रकाश विजयी

खडक नगरपालिका मेयरमा माओवादीका जयप्रकाश विजयी


सप्तरीको खडक नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश चौधरी थारु निर्वाचित भएका छन् ।

उनी ५ हजार ८ सय ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार एवं निवर्तमान मेयर हेमायु हकले ५ हजार ६७ मत प्राप्त गरे । 

उपमेयरमा जसपाका रिताकुमारी चौधरी ६ हजार २ सय ३१ मत प्राप्त गरी निर्वाचित भएकी छिन् ।उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी यासमिन सुल्तान खातुनले तीन हजार २ सय १० मत प्राप्त गरिन् । खातुन निवर्तमान उपमेयर समेत हुन् ।

नगरपालिकामा माओवादी र नेकपा एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए । तर, गठबन्धन तर्फबाट उपमेयरका उम्मेदवार शत्रुधन प्रसाद साह भने पराजित भएका छन् । उनले मत दुई हजार ८ सय ४३ मात्र प्राप्त गर्न सके ।
 

Logo