कैलाली र कंचनपुरमा हावाहुरीका कारण मृत्यु हुनेको संख्या २ पुग्यो

धनगढी,

सुदुरपश्चिम प्रदेशको कैलाली र कंचनपुरमा बिहिवार साँझ आएको भिषण हावाहुरीले ठूलो क्षति गरेको छ । हावाहुरीका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका २ का लहानु डंगौरा रहेका छन् । अन्य दर्जनौं घाइते भएका छन् ।

हावाहुरीले रुख, बिद्युतका पोल, पर्खाल, घरका छाना समेत उडाएको छ । संकलन भएको प्रारम्भिक क्षतिको विवरण अनुसार कैलाली र कंचनपुरमा कम्तीमा १४ जना गंभिर घाइते भएको सुदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक सुरज केसीले बताएका छन् ।

कयौको घरको जस्ता पाता उडाएको छ भने धेरैका पर्खाल भत्केका छन् । यसैगरी बिभिन्न ठाउँ ठाउँमा बिजुलीका पोल र रुखहरु ढलेर सडक र बिद्युत अबरुद्ध भएको उनले बताए । हावाहुरीसँगै आएको पानी अधिकाशंको घरमा पसेको स्थानीयले बताएका छन् । कैलाली र कंचनपुरमा पछिल्लो धेरैबर्ष यताकै सवैभन्दा ठुलो हावाहुरी आएको स्थानियले बताएका छन् । हावाहुरीका कारण भएको भौतिक क्षतिको थप विवरण आउन बाँकी रहेको बताइएको छ ।