विश्वकप क्रिकेट : अष्ट्रेलियाद्वारा वेष्ट इण्डिज १५ रनले पराजित

काठमाडौं,

जारी एकदिवसीय विश्वकपमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा अष्ट्रेलियाले वेष्ट इण्डिजलाई १५ रनले पराजित गरेको हो ।

मिचेल स्टार्कले विश्वकप करिअरमा तेस्रो ५ विकेट लिएपछि २ सय ८९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ९ विकेटको क्षतिमा २७३ रन मात्र जोड्न सक्यो ।

पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो वेष्ट इन्डिजको भने यो पहिलो हार हो । पहिलो खेलमा उसले पाकिस्तानलाई हराएकोे थियो ।