धरानमा साङपाङ राईभन्दा १ हजार २९७ मतले अगाडि

धरानमा साङपाङ राईभन्दा १ हजार २९७ मतले अगाडि


धरान उपमहानगरपालिकामा ३९ हजार ३५७ मत गनिसक्दा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार हर्क साङपाङले १२ हजार १५ मत ल्याउँदै अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका किशोर राईले उनलाई १० हजार ७१८ मत ल्याउँदै पछ्याइरहेका छन् ।

साङपाङ र राईको मतान्तर १ हजार २९७ को छ । यसअघि उनले १५ सय भन्दा धेरैको मतान्तर कायम गरेका थिए । त्यसैगरी, २०७४ सालको निर्वाचनमा प्रमुख उपप्रमुख जितेको नेकपा एमाले भने तेस्रो स्थानमा छ । प्रमुख पदमा एमालेबाट उम्मेदवार दिएकी मञ्जु भण्डारी स्वतन्त्र र कांग्रेसभन्दा निकै तल देखिएकी छिन्  । उनले ८ हजार ७३९ मत पाएकी छिन् । 

त्यसैगरी, उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले १२ हजार ३७६ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका पदम लिम्बूले ११ हजार ७६५ मत ल्याउँदै पछ्याइरहेका छन् ।

 

Logo