गठबन्धनलाई भारी मतले पछि पार्दै कलैया उपमहानगरमा एमाले विजयी

गठबन्धनलाई भारी मतले पछि पार्दै कलैया उपमहानगरमा एमाले विजयी


कलैया उपमहानगरपालिकामा पाँचदलीय गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ। गठबन्धनलाई हराएर एमालेका विनोद साह प्रमुख र रौशन प्रविन उपप्रमुखमा विजयी भएका हुन्।

उपमहानगरको प्रमुखमा एमालेका उम्मेदवार विनोद साह २४ हजार १३९ मत ल्याएर पाएका छन् । उनले प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस बाराका सभापतिसमेत रहेका राजेश राय यादवलाई ५ हजार ५९९ मतको फराकिलो मतान्तरले पराजित गरेका छन्। यादवले १८ हजार ५४० मत प्राप्त गरेका छन्।

हाल पराजित यादवको ०७४ को स्थानीय तह निर्वाचनमा साहसँगै प्रतिस्पर्धा भएको थियो। त्यसबेला प्रमुख, उपप्रमुख दुवैमा कांग्रेसले जितेको थियो। १८६ मतको अग्रतामा कांग्रेसका वर्तमान सभापतिसमेत रहेका यादव निर्वाचित भएका थिए ।

०७९ मा त्यसको गतिलो मतका साथ यादव उनको पार्टी कांग्रेससाग एमालेका जिल्ला अध्यक्षसमेत रहेका साहले बदला लिएका छन् । यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार रौशन परविन विजयी भएकी छन्। परविनले १९ हजार २५१ मत प्राप्त गरेकी छन्।

उनले साझा गठबन्धनका जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार प्रमोद गुप्तालाई पराजित गरेकी छन् । संविधानसभा सदस्य समेत रहेका गुप्ताले १८ हजार ३०२ मत पाएका छन्। उनी ९४९ ले पछाडि परेका छन् ।

परिवन मुस्लिम समुदायकी गृहिणी महिला हुन् भने गुप्ता २०६४ सालका संविधानसभा सदस्य तथा २०७४ का कलैया उपमहानगर प्रमुखका उम्मेदवार हुन् ।

Logo