काभ्रेकाे पाँचखालमा कांग्रेसका महेश खरेलकाे अग्रता कायमै

काभ्रेकाे पाँचखालमा कांग्रेसका महेश खरेलकाे अग्रता कायमै


काभ्रेकाे पाँचखालमा अहिले पनि मतगणना जारी छ। हालसम्म ५ वटा वडाकाे गणना सकिँदा तीन वटा कांग्रेस, एउटा माओवादी केन्द्र र एउटा एमालेले जितेकाे छ। अहिले वडा नं. ६ र ७ काे मत गणना भइरहेकाे छ ।

वडा नं. १३ मा वैशाख ३० मा मतदान स्थगित भएकाे थियाे । जेठ ३ मा त्यहाँ पुनः मतदान भए पछि गणना सुरू भएकाे हाे । 

हालसम्म प्राप्त नतिजा अनुसार मेयरमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार महेश खरेलकाे अग्रता कायमै छ । उनले ६ हजार ५२२ मत ल्याएका छन् भने एमालेका कञ्चन अधिकारीले ३ हजार ५८२ पाएका छन् । 

यस्तै उपमेयरमा पनि गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मणि गाैतम ४ हजार ६३७ मतअगाडि छन् भने एमालेकी सूर्यमाया दनुवारले ४ हजार १७३ मतका साथ पछ्याइरहेकी छिन्।

पाँचखालमा जम्मा २३ हजार १८१ मत खसेकाे छ। यहाँ १३ वटा वडा रहेका छन्। यसअघि यस नगरपालिकामा कांग्रेसले जितेकाे थियाे। 

Logo