मिडिया काउन्सिल विधेयक अघि बढाए संसद अवरुद्ध गर्छौ: देउवा
File Photo

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिल सम्बन्धि विधेयक अघि बढाए संसद अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार  ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक, मानव अधिकार हनन् हुने गरी आएको मानव अधिकार आयोगसम्बन्धि विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउन आफ्नो पार्टी बाध्य हुने पनि बताएका हुन् । सभापति देउवाले सरकारले मिडियामाथि अंकुश लगाएर लोकतन्त्रलाई कमजोर बनाउने षडयन्त्र गरिरहेको पनि दोहो¥याए ।

उनले सरकारले बालुवाटारलगायतका सार्वजनिक तथा गुठीको जग्गा नियन्त्रणमा लिएर पार्टीका सांसदहरुलाई दिने काम गरिरहेको आरोप लगाउँदै त्यस्ता गतिविधि रोक्न पनि आफ्नो पार्टी लागिपर्ने बताए ।