पोखरामा निवर्तमान मेयरकै वडामा एमाले पराजित

पोखरामा निवर्तमान मेयरकै वडामा एमाले पराजित


पोखराका निवर्तमान मेयर मानबहादुर जिसीको वडामै एमाले पराजित भएको छ। एमालेका बैनबहादुर गुरुङलाई १५२ मतान्तरले हराउँदै पोखरा २८ को वडाध्यक्षमा नेपाली कांग्रेसका श्रीकृष्ण लामिछाने निर्वाचित भएका छन्।

लामिछानेले १ हजार ६५८ मत ल्याए भने गुरुङले १ हजार ५०६ मत प्राप्त गरे। त्यस्तै महिला सदस्यमा पनि कांग्रेसकी डाल्डादेवी भुजेल विजयी भएकी छिन्। दलित महिला सदस्यमा पनि कांग्रेसकै इन्द्रकला कामी निर्वाचित भएकी छन्।

खुला सदस्यमा भने एक जना कांग्रेस र अर्का एक जना एमाले विजयी भएका छन्। यसअघि यो वडामा एमालेले प्यानलै जितेको थियो।
 

Logo