भरतपुरमा ७६ हजार ९५ मतगणना सकियो, कसले कति मत पाए ?

भरतपुरमा ७६ हजार ९५ मतगणना सकियो, कसले कति मत पाए ?


भरतपुर महानगरपालिकामा ७६ हजार ९५ मतगणना सकिएको छ। महानगरमा १ लाख २७ हजार ८३९ मत खसेकामा वडा नं १५ र १६ को मतगणना जारी रहँदै गर्दा सो सङ्ख्यामा गणना सकिएको हो ।

मतगणना जारी रहेको अवस्थामा भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन्। महानगर प्रमुखमा नेकपा ९माओबादी केन्द्र०का रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई ५ हजार ७३३ मतान्तरले पछि पारेकी छिन्। दाहालले २९ हजार ४७८ मत प्राप्त गर्दा सुवेदीले २३ हजार ७४५ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ३३४ मत प्राप्त गरे।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ३१ हजार ८२४ मत ल्याएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले १८ हजार ४०१ मत ल्याएकी छिन् । यस्तै गणना जारी रहेका वडामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । 

गणना सकिएका वडामा कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, एमालेले वडा नं ३, ११ र १२, नेकपा ९एकीकृत समाजवादीले ७ र ९ तथा माओवादीले वडा नं १३ मा विजयी हासिल गरेको छ। भरतपुर महानगरमा २९ वडा छ ।
 

Logo