यस्तो बन्दैछ पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल (भिडियो रिपोर्ट)

सुन्दरनगरी पोखराका बारेमा कस्लाई चासो नहोला र ? पोखराका हरेक पक्ष रमणीय छन्, रोमाञ्चक छन् अनि रहरलाग्दा पनि छन् । यसैबीचमा पोखरामा अर्कोपनि गौरव गर्न लायक पक्ष थपिदैछ । पोखराले थप्न लागेको अर्को विषय हो, पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय बिमानस्थल ।

धेरैलाई लाग्नसक्छ, पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थलको काम रेल र पानीजहाज जस्तै फन्डामात्र हो । तर, पोखरा बिमानस्थलको काम युद्ध स्तरमा भइरहेको छ । जुन हेर्दा जो कोही चकित पर्न सक्छन् ।

औपचारिक रुपमा २०१७ नोभेम्बर वाट बिमानस्थलको काम सुरु भएको हो । निर्माण कम्पनीका अनुसार २०२१ जुलाइसम्ममा काम सक्नु पर्ने सर्त रहेकोमा कम्पनीले २०२० को डिसेम्बरमा नै बिमानस्थल जिम्मा लगाउने लक्ष्य राखेको छ ।

यो बिमान धेरै अर्थमा नवीन प्रकारको हुनेछ । जसरी पोखरा आफैंमा सुन्दर छ । त्यसैगरी बिमानस्थल पनि सुन्दर हुनेछ । काठमाडौंको अन्तर्राष्ट्रिय बिमानस्थललाई बुटिक रंगशाला बनाउने योजना भएपनि पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय बिमानस्थल पनि आफैंमा बुटिक बिमानस्थल बन्ने भएको हो ।

यसको एउटा महत्वपूर्ण विशेषता भनेको तपाई एक ठाउँमा उभिएपछि तपाईलाई सिस्टमले सिधै जहाजसम्म पु¥याईदिन्छ । यसबारे थप बुझ्न केन्द्रबिन्दुकर्मीहरु पोखरा पुगेका थिए । त्यहाँबाट फर्किएर तयार पारिएको यो भिडियोः