काठमाडौं महानगर : बालेनकाे मत ४० हजार नजिक, स्थापित र सिर्जनाको कति ?

काठमाडौं महानगर : बालेनकाे मत ४० हजार नजिक, स्थापित र सिर्जनाको कति ?


कांग्रेस र एमालेका उम्मेदवारले आशा राखेको काठमाडौं महानगरका भित्री शहरमा पनि उनीहरूलाई अघि बढ्न कठिन देखिएको छ। भित्री शहर पर्ने वडाहरूमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन थोरै मतान्तरमा पछाडि परेका छन्। 

अहिले ११, १२, २३, २४, २५, २६ र २७ वडाहरूको मतगणना जारी रहेको छ। यी वडामा कुल १९ हजार २०१ भोट गणना भएकाे छ। त्यसमध्ये सबैभन्दा बढी एमाले उम्मेदवार केशव स्थापितको पक्षमा आएको छ। उनले ४ हजार ४२५ भोट ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले पनि ४ हजार ४१२ भोट ल्याएकी छन्। 

समग्र मतगणनामा भने सिर्जनाले स्थापितलाई उछिनेकी छन्। स्वतन्त्र उम्मेदवार बालेन साहले भने भित्री शहरमा अहिलेसम्म ४ हजार १५१ भोट ल्याउँदै तेस्रो स्थानमा छन्। तर, शहर बाहिरको  वडाहरुमा विशाल अग्रता लिइसकेकाले भित्री शहरमा अलिकति पछाडि पर्दा उनलाई धेरै असर नपर्ने देखिएको छ।

भित्री शहरहरुमा मतगणना जारी रहेका ८ वडाहरूमध्ये चार वटामा स्थापित अघि छन् भने दुई वटामा सिर्जना र एउटामा बालेनको अग्रता छ। समग्र मतगणनामा भने बालेन अरु उम्मेदवारभन्दा निकै अगाडि छन्। उनको अहिलेसम्म ३९ हजार ५१५ भोट छ भने  स्थापित र सिर्जनाको क्रमशः २२ र २१ हजार हाराहारीमा छ।

Skip This
Logo