पोखरा महानगर : धनराजको मत ४१ हजार कट्याे, अरू उम्मेदवारकाे कति ?

पोखरा महानगर : धनराजको मत ४१ हजार कट्याे, अरू उम्मेदवारकाे कति ?


पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका प्रमुख उम्मेदवार धनराज आचार्यको मत ४१ हजार कटेको छ।

आइतबार विहानको मतपरिणाम अनुसार आचार्यको मत ४१ हजार ७ सय ५ रहेको छ। उनलाई पच्छ्याइरहेका नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाको ३८ हजार ३ सय १० मत छ। आचार्यले सुरुबाटै अग्रता लिएका हुन्।

महानगरको उपप्रमुख पदमा नेकपा एमालेकी मन्जुदेवी गुरुङको अग्रता छ । गुरुङको मत ४३ हजार ६ सय १६ पुग्दा कांग्रेसकी कोपिला रानाभाटको ४१ हजार ९ सय २० मत पुगेको छ ।

Logo