#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1196593854700245051436913793
नेपाल161683586347499

पत्नीको मृत्यु पश्चात पति गायब

सांकेतिक तस्बिर ।

धनुषामा पत्नीको मृत्यु भएपछि अस्पतालमै शव छोडेर पति गायब भएका छन् । धनुषाको क्षीरेस्वर नगरपालिकाका अरविन्द यादव पत्नीको शव अस्पतालमै छाडेर गायब भएका हुन्।

पत्नीलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लागेको तर उपचारको क्रममा पत्नीको मृत्यु भएपछि शवलाई अस्पतालमै छोडेर फरार भएको माइती पक्षले जनाएको छ । तर, माइती पक्षले भने छोरीको हत्या गरि फरार भएको जनाएको छ। मृतकका बूबा महोत्तरी वर्दीवाश २ का ६८ वर्षीय राम विनयले आफुलाई बिहान साढे ३ बजे फोन आएको र आफु आउँदा घरका सबै जना फरार रहेको बताए।

मृतकको शव अहिले जनकपुर अञ्चल अस्पताल शव गृहमा पोस्टमार्टमको लागि राखिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार