श्रीमतीलाई बन्चरो हानेर श्रीमान प्रहरी चौकीमा

बाँकेको जानकी गाउँपालिकामा श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छिन्।

जानकी गाउँपालिका वडा ३ मानपुर निवासी ५९ वर्षीया पञ्चराम हरिजनले आज बिहान ९ बजेतिर ४५ वर्षीया श्रीमती कप्तरा हरिजनमाथि बञ्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय खजुराखुद्र्धका प्रहरी नायब निरीक्षक राजकुमार सिंहले जानकारी दिए।

उनका अनुसार श्रीमतीमाथि बञ्चरो प्रहार गरेपछि पञ्चराम आफैँ प्रहरी कार्यालय पुगेका थिए । हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बञ्चरो प्रहारबाट गम्भीर घाइते कप्तराको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।