#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1373961258791949624978189196
नेपाल1734439605611249

विश्वकप क्रिकेट: टस जितेर फिल्डिङ गर्दै बंगलादेश

विश्वकप क्रिकेटमा अहिले आयोजक बेलायत र बंगलादेश भिँडिरहेका छन् ।

दिउँसो सवा ३ बजे शुरु भएको खेलमा बंगलादेशले इङ्ल्याण्डको सामना गरिरहेको छ । टस जितेर बंगलादेश फिल्डिङ गर्ने निर्णय गरेपछि अहिले घरेलु टिम इङ्ल्याण्डले ब्याटिङ गरिरहेको छ ।

पहिलो खेलमा इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो भने दोश्रो खेलमा आयोजक इङ्ल्याण्ड पाकिस्तानसँग १४ रनले पराजित भएको थियो । त्यस्तै बंगलादेशले पहिलो खेलमै दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको थियो ।

त्यस्तै दोश्रो खेलमा भने बंगलादेश न्युजिल्याण्डसँग २ विकेटले पराजित भएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार