पोखरामा धनराजले कटाए ४३ हजार मत, उपमेयरमा एमालेकी गुरुङकै अग्रता

पोखरामा धनराजले कटाए ४३ हजार मत, उपमेयरमा एमालेकी गुरुङकै अग्रता


पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका प्रमुख उम्मेदवार धनराज आचार्यको मत ४३ हजार २१५ कटेको छ। हालसम्म १ लाख ७ हजार ९६२ मत गणना हुँदा नेकपा एमालेका कृष्ण थापाभन्दा आचार्य ३ हजार ४१७ मतले अगाडि छन् । 

पछिल्लाे मतपरिणामअनुसार आचार्यको मत ४२ हजार ३४८ रहेको छ। उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाको ३९ हजार ७९८ मत छ। आचार्यले सुरुदेखि नै अग्रता लिएका हुन् ।

महानगरको उपप्रमुख पदमा नेकपा एमालेकी मन्जुदेवी गुरुङको अग्रता छ। गुरुङको मत ४४ हजार ९५० पुग्दा कांग्रेसकी कोपिला रानाभाटको ४३ हजार २९१ मत पुगेको छ।

Logo