अर्धचेत अवस्थामा किशोरी फेला

अर्धचेत अवस्थामा किशोरी फेला


ओखलढुंगामा अर्धचेत अवस्थामा १७ वर्षीया किशोरी भेटिएकी छन् । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका-५, ढिमिलेमा १७ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला परेकी छन् ।

आइतबार उनलाई सडक किनारमा अर्धचेत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका प्रमुख डीएसपी सुकदेव खनालले बताए ।

प्रहरीका अनुसार गएराति आमाबुबासँगै घरमा सुतेकी उनी राति घरबाट निस्किएकी थिइन् । बिहान ५ बजेतिर उनलाई अर्धचेत अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

‘उनको टाउको, नाक र चिउँडोमा चोट देखिएको छ, यहीँ प्रारम्भिक उपचार गरेपछि काठमाडौं रेफर गरिएको छ’ खनालले भने, ‘हेलिकोप्टरमार्फत अहिले पीडितलाई त्रिवि शिक्षण अस्पताल, काठमाडौं पठाइएको छ ।’

प्रहरी र चिकित्सकहरुले प्रारम्भिक जाँचबुझमा उनीमाथि जबरजस्ती करणी भएको हुनसक्ने आशंका गरेका छन् ।

Skip This
Logo