#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1213642955084245695687016019
नेपाल164233586367752

निर्मला पन्तका हत्याराको संरक्षण सरकारले नै गरेको छः नेता गजुरेल

काठमाडौं,

निर्मला हत्यापछि पनि धेरै घटनाहरु घट्नुमा सरकारी उदासिनता जिम्मेवार रहेको वक्ताहरुले ठहर गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को आयोजनामा बढ्दो महिला हिंसा र यसको निकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले शक्ति र कानूनको दुरुपयोग नगर्न चेतावनीसमेत दिएका छन् ।

कार्यक्रमलाई संबोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सिपी गजुरेलले समाज एकलौटी भएर नलड्दासम्म कानूनले मात्रै महिला हिंसा रोक्न नसक्ने बताए । गजुरेलले वर्तमान सरकारले निर्मला पन्तका हत्याराहरुकै संरक्षण गरेकोले अपराधीहरु बचिरहेको आरोप लगाए ।

उनले भने, यदि सरकारले संरक्षण गरेको छैन भने अहिलेसम्म किन कारबाही हुन्न ? देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालका अध्यक्षसमेत रहेका गजुरेलले देशको आमुल परिवर्तनका खातिर लडेको तत्कालिन क्रान्तिकारी नेतृत्वको आत्मसमर्पण तथा आन्दोलनप्रतिको गद्धारीको परिणाम आजको महिला हिंसा पनि रहेको उनको ठहर छ । उनले अगाडि भने, प्रचण्डले जहाँ पनि आत्मसर्मपणको संस्कार बसाए, क्रान्तिमा अत्मसमर्पण, पछिल्लोपटक ओलिसँग आत्मसमर्पण, अहिले अमेरिकासंग आत्मसमर्पण यिनको हरुवा चालले प्रतिक्रान्तिले घर गरेको छ । जसले गर्दा जनयुद्धमा उत्साहित महिलाहरुलाई फेरी चुलो–चौको र महल भित्रै कैद हुने अवस्था आएको छ ।
नागरिकबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार