आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं,

सरकारले आज (आइतबार) काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिएको हो ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको छ । रथ जावलाखेल पुगेको ४ दिनमा राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाइने गरिन्छ । यसदिन सरकारले प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक विदा दिने गरेको छ ।