विश्वकप क्रिकेट : इङ्ल्यान्डद्वारा बंगलादेश १०६ रनले पराजित

लन्डन,

इङ्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा बंगलादेशविरुद्ध १०६ रनको जित निकालेको छ । इङ्ल्यान्डले दिएको ३८७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २८० रनमा समेटिएपछि इङ्ल्यान्डले जारी विश्वकपमा दोस्रो जित हात पारेको हो ।

जासन रोयले १५३ रनको शतकीय पाली खेलेपछि घरेलु टोली इङ्ल्यान्डलाई जित सहज भएको हो । बंगलादेशका अलराउन्डर सकिब अल हसनले प्रभावशाली प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।