#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1196593854700245051436913793
नेपाल161683586347499

एसइईको नतिजा ढिला हुने

काठमाडौं,

विगतका वर्षहरूमा जेठ मसान्तदेखि असार १–२ भित्रै हुने गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ । परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसइई नतिजा प्रकाशनका लागि असार दोस्रो सातासम्म कुर्नुपर्ने बताए ।

प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश–२ मा प्रश्नपत्र बाहिरिएपछि स्थगित र रद्द गरेका विषयको परीक्षा २२ देखि २९ चैतसम्म सञ्चालन गरेको थियो । यसकारण परीक्षा सकिन अघिल्ला वर्षको भन्दा १० दिन बढी लागेको थियो । १० चैतदेखि परीक्षा सुरु भएको थियो ।

एसइईमा देशभरबाट पौने पाँच लाख विद्यार्थी सहभागी छन् । परीक्षा नियन्त्रक अधिकारीले सातै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार १८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।
नयाँ पत्रिकाबाट

 

सम्बन्धित समाचारहरु

ताजा समाचार