च्याउ खाँदा २ जनाको ज्यान गयो, ९ जना बिरामी

पाल्पामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–३ की ९ वर्षीया निर्मला सिंह ठकुरी र सोही ठाउँका ४ वर्षीय विष्णु सिंह ठकुरी रहेका छन् ।

प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाका अनुसार अन्य ९ जना गम्भीर बिरामी परेका छन् ।  विरामी पर्नेमा सोही ठाउँका ४५ वर्षीय पुरन खाम्चा, ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया निर्मला खाम्चा, ८१ वर्षीय प्रेम सिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह ठकुरी, ७ वर्षीय सुमन सिंह ठकुरी, धनकुमारी सिंह ठकुरी, निसा सिंह ठकुरी र निरुता सिंह रहेका छन् ।

बिरामी सबैको नवलपुरको डण्डास्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ ।