किन रोकियो भरतपुरको मतगणना ?

किन रोकियो भरतपुरको मतगणना ?


भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । भरतपुर वडा नंबर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेका थिए ।

मतगणना स्थलमा गएर मतपत्र पट्याउने काम गर्न थालेपछि प्रहरीले एमालेका ती प्रतिनिधिलाई नियन्त्रणमा लिएको हो ।तर, एमालेले भने प्रतिनिधि झुक्किएर मतगणना स्थलमा पुगेको दाबी गरेको छ ।

एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेले नियतवश नभई झुक्किएर प्रतिनिधि मतगणना स्थलमा पुगेको बताए । एमालेले पक्राउ परेका आफ्ना प्रतिनिधिलाई नछोडेसम्म मतगणना रोक्नु पर्ने बताएका छन् ।

 

Skip This
Logo