अमेरिकामा हवाइ दुर्घटना हुँदा दुईको मृत्यु

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेको लङ आइल्यान्डमा हवाई जहाज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

म्याकआर्थर विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ बजे उडेको बीचक्राफ्ट ए३६ विमान साउथहोल्डमा करिब ९ बजेर १५ मिनेटमा दुर्घटनाग्रस्त भएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

विमानमा रहेका एक पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्जिनमा समस्या भएका कारण विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अध्ययनमा देखिएको छ । थप अनुसन्धान जारी रहेको स्थानीय प्रहरीले जनाएको छ ।