काठमाडौँमै पानी छोएको निहुँमा खुकुरी प्रहार

तल्लो जातको भनेर पटकपटक विभेद गरेको आरोप लगाउँदै एक व्यक्तिले आफ्नै छिमेकीलाई खुकुरी प्रहार गरेका छन् ।

कागेश्वरी मनहरा–७, डाँछीका राजकुमार सार्कीले स्थानीय सुनील नगरकोटीमाथि विभेद गरेको आरोप लगाउँदै खुकुरी प्रहार गरेका हुन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले यो घटना शनिवार साँझमा घटेको बताईएका छन् ।
धाराको पानी छोएको निहुँमा नगरकोटीले विवाद गर्न खोजेपछि राजकुमारले खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाईएको छ ।

घटनापछि गम्भीर घाइते भएका नगरकोटीलाई स्थानीयले जोरपाटीको नेपाल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरेका थिए ।
प्रहरीलाई दिएको बयानमा सार्कीले आफ्नो कसुर स्वीकारेका छन्, उनले रीस थाम्न नसकेर छेउमा भेटेको हतियारले नगरकोटी माति प्रहार गरेको बताएका छन् ।

थप अनुसन्धान र कारबाहीका लागि महाशाखाले सार्कीलाई प्रहरी वृत्त, बौद्धको जिम्मा लगाएको छ ।