प्राइम बैंकले १६ प्रतिशत बोनस दिने

प्राइम कमर्सियल बैंकले शेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ ।

आज बसेको ११ औँ साधारण सभाको बैठकले  यो निर्णय पारित गरेको हो। बैंकले १ अर्ब २८ करोड ५३ लाख बराबरको लाभांस बितरण गर्न लागेको हो ।

बैठकले बैंकको संचालक समितिको सस्थापक समूहमा उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्रदास श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ। त्यस्तै साधारण शेयरधनीको समूहमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको बैंकले जनाएको छ ।