गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरीको हस्तक्षेप,एक दर्जनबढि घाईते (भिडियोमा)

सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलमा भेला भएका प्रर्दशनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

गुठी विधेयकप्रति आपत्ति जनाउँदै आईतबार बिहान काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशनमा उत्रेका प्रर्दशनकारीहरुलाई प्रहरीले पानीको फोहोरासहित धरपक्कड गरेको हो ।

धरपक्कडमा परी एक दर्जनबढि घाईते भएका छन । यसैबीच, प्रर्दशनकारीहरुले सो विधेयक तत्काल फिर्ता नलिए आफूहरु रगतको खोलो बगाउन तयार रहेको चेतावनी दिएका छन ।

सामाजिक अभियन्ता भरत जंगम, नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकार, नेपाल भाषा मंका खलका सचिव नरेशवीर शाक्यले मुलुकको धर्म, संस्कृति र सभ्यता समाप्त हुने गरी सरकारले ल्याएको सो विधेयक फिर्ता नलिए देशभर आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । गुठी संस्थानलाई खारेज गरेर प्राधिकरण गठन गर्ने सो विधेयकको प्रावधानप्रति उनीहरुको विशेष आपत्ति छ ।

दुई तिहाई बहुमतको सरकारले ल्याएको सो विधेयक पारित हुने आशंका गर्दै सरोकारावालाहरुले सो विधेयक खारेज गर्न माग गर्दै गत एक हप्तादेखि विरोध प्रर्दशन गर्दै आएका छन । उनीहरुले सो विधेयक २ दिन भित्र फिर्ता नलिए सिंगो देशनै ठप्प हुने गरी आन्दोलन चर्काउने चेतावनी दिएका छन ।