नेपाल स्काउटको ऐतिहासिक कार्यक्रम ‘रोभर मुट’ मा जे देखियो (भिडियोमा)

काठमाडौं । नेपाल स्काउटले पहिलो पटक ऐतिहासिक कार्यक्रम ‘रोभर मुट’ सम्पन्न गर्‍यो । ‘समृद्धिका लागि सहकार्य’ भन्ने नारासहित आयोजित कार्यक्रमको नेपाल स्काउटका संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गरे । जेठ १७ गते पोखरामा उद्घाटन गरिएको कार्यक्रम पाँच दिनसम्म चलेको थियो ।

कार्यक्रमको उद्घाटनको दिन स्काउट र एपीएफको दुइटा टुकुटी सलामी दिएका थिए । मार्च पासको लागि रेड कार्पेट ओछयाएर संरक्षक तथा प्रधानमन्त्री ओलीलाई स्वागत गरिएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले स्काउटको झण्डा उत्तोलन तथा पानसमा बत्ति बालेर कार्यक्रमको समुद्घाटन गरेका थिए ।

कार्यक्रममा स्काउटकर्मीहरुले आफै टेण्ट टाँग्ने, सरसफाई गर्ने, एक अर्का बीचमा अन्तरसम्बाद गर्ने, रेस्क्यु सम्बन्धि नयाँ नयाँ योजना आदानप्रदान गर्ने, आफु बसेको ठाउँलाई सैनिक इलाका जस्तो बनाउन आफ्नो आफ्नो सिप प्रयोग गर्ने जस्ता काम गरेका थिए।

उनीहरुले मानव जाती एक हौं र ग्लोबल्ली लिड गर्न सक्छौं भन्ने मान्यताका साथ कार्यक्रममा सरिक भएका थिए । कार्यक्रममा नेपाल, भारत, ताइवान, बंगलादेश, फिलिपिन्स, जोर्डन, अमेरिका, बेलायत, मलेसिया, थाईल्याण्ड, इजिप्त, ताइवान, युगाण्डा, लग्जमवर्गलगायतका मुलुकहरुबाट झण्डै पाँच हजारको सहभागिता रहेको थियो ।