नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि


कारोबार हुने साताको दोस्रो दिन मंगलबार (आज) शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । पहिलो कारोबार दिन सोमबार ३४ दशमलव २१ अंकले घटेको बजार आज १६ दशमलव ३२ अंकले बढेर २ हजार २१७ दशमलव १९ विन्दुमा पुगेको छ ।

मंगलबार २२४ वटा धितोपत्रको ३३ लाख ७३० कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४२ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

मंगलबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढि जीवन बीमा कम्पनीहरुको २ दशमलव ६२ प्रतिशतले घटेको हो ।
कारोबार रकमको आधारमा एनआइसी एसिया लघुवित्तको  सर्वाधिक ४ करोड ८४ लाख ८० हजार ६०० रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

Logo