विषालु च्याउ खाँदा पाल्पामा एकै परिवारका दुईको मृत्यु, ९ बिरामी

तानसेन,

जंगलबाट टिपेको विषालु च्याउ खादा पाल्पामा एकै घरका दुई जनाको मृत्यु भएको छ । ९ जना बिरामी परेका छन् । निस्दी गाउँपालिका ३ कार्कीडाँडाकी ९ वर्षीया निर्मला सिंह ठकुरी र चार वर्षीय विष्णु सिंह ठकुरीको मृत्यु भएको हो ।

निर्मलाको शनिबार राति १० बजे र विष्णुको आइतबार दिउँसो साढे ४ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

च्याउ खाएर बिरामी परेका ९ जनाको मध्यविन्दु अस्पताल नवलपुरमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्यमा सुधार हुँदै गएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । जेठ २४ गते शुक्रबर साँझ जंगलबाट ल्यएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए ।
अन्नपूर्णबाट

विषालु च्याउ खाँदा पाल्पामा एकै परिवारका दुईको मृत्यु, ९ बिरामी