नाकामा एकीकृत सुरक्षा जाँच चौकी निर्माण गरिने

नाकामा एकीकृत सुरक्षा जाँच चौकी निर्माण गरिने


 राष्ट्रपति विद्यादेवी भण्डारीले नाका क्षेत्रमा एकीकृत सुरक्षा जाँच चौकीको निर्माण गरिने बताएकी छिन् । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भैरहवा र नेपालगन्जको एकीकृत सुरक्षा जाँच चौकीको निर्माण शीघ्र सम्पन्न गरिने बताइन् ।

 प्रदेश र स्थानीय तहको साझेदारीमा थप खाद्य भण्डारको व्यवस्था गरिने भण्डारीले बताइन् । कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गरिने बताउदै उनले हराएका पुरातात्विक सम्पदा फिर्ता ल्याउन पहल गरिने बताइन् । 

लुम्बिनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा विकास गरिने भन्दै राष्ट्रपति भण्डारीले हवाई सेवालाई बिस्तार गर्दै सुरक्षित र गुणस्तरीय बनाउँदै लगिने बताइन् । वायु सेवा कम्पनीहरूलाई काठमाडौं बाहिरबाट समेत उड्न सरकारले प्रोत्साहन गरिने बताइएको छ । 

Logo