जागरण अभियान सफल भयाे : कांग्रेस

काठमाडौं,

कांग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियान’ ले पार्टीमा नवीन ऊर्जा अभिवृद्धि गर्दै सम्पन्न भएको जनाएको छ ।

अभियान वैशाख २५ गते सुरु भई जेठ २५ मा सकिएको थियो ।पार्टी सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति जारी गर्दै अभियान सफल बनाउने शुभेच्छुक, केन्द्रीय प्रतिनिधि, जिल्ला सभापति, जिल्लादेखि वडा समितिसम्मलाई बधाई ज्ञापन गरेका छन् ।

जागरण अभियानका क्रममा प्राप्त सुझाव ग्रहण गर्दै पार्टीलाई गतिशिल बनाइने उल्लेख गर्दै अधिनायकवाद उन्मुख वर्तमान सरकारका गतिविधिविरुद्ध अघि बढ्न उनले आग्रह गरेका छन् ।विज्ञप्तिमा लोकतान्त्रिक संविधानको रक्षा र संविधानप्रति अपनत्वको दायरा विस्तार गर्दै संघीयताको सफल कार्यान्वयन गर्न गराउन दवावको प्रभावकारी भूमिका कांग्रेसले निर्वाह गर्ने उल्लेख छ ।