सनराइज बैंकको प्रमुख कार्यकारीमा श्रेष्ठ

काठमाडौं,

सनराइज बैंकको सञ्चालक समितिको बुधबार बसेको ३१७ औं बैठकको निर्णयानुसार बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा निरजकुमार श्रेष्ठलाई नियुक्त गरिने निर्णय भएको छ । उनी असार २ देखि लागू हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुँदैछन् ।

प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुने श्रेष्ठसँग तत्कालीन ग्रिण्डलेज बैंक लिमिटेड (हाल स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड) मा करिब १३ वर्षको कार्यानुभव छ । साथै एस फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रूपमा करिब ३ वर्ष जिम्मेवारी सम्हाल्दै तत्कालीन एनआईसी बैंक लिमिटेड (हालको एनआईसी एसिया बैंक) मा करिब ९ बर्ष महाप्रबन्धक पदमा रही कार्य गरेको अनुभव छ ।

ग्लोबल आईएमई बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा र सो पश्चात् माछापुच्छ«े बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी सम्हालेको कार्यानुभव छ ।