पश्चिम बंगालमा भाजपा र तृणमूलबीच झडप, गोली हानी ४ जनाको हत्या

नयाँ दिल्ली,

भारतको पश्चिम बंगाल राज्यको उत्तर २४ परगना जिल्लामा पर्ने नाजट क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा) र तृणमूल कंग्रेस (टिएमसी) कार्यकर्ताबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । झडपमा परी केन्द्रीय सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा) समर्थक तीन जना र पश्चिम बंगालको नेतृत्व गरिरहेको तृणमूल कंग्रेस पार्टीका एक जना गरी चार जना मारिएको बताइएको छ ।

पश्चिम बंगालमा भएको सो घटनामा परी अन्य १८ जना घाइते पनि भएको प्रहरी अधिकारीले आइतबार जानकारी दिएका छन्। जसमध्ये तीन जना गम्भीर घाइते भएका छन् । दुबै पार्टी निकट स्रोतहरुले झडपमा परी चार जनाको मृत्यु भएको र तीन जना गम्भीर घाइते भएका दाबी गरेका छन् । भाजपाका स्थानीय नेता मुकुल रोयले ट्विट गर्दै आफ्ना तीन कार्यकर्ताको गोली हानी हत्या भएको उल्लेख गरेका छन् ।

एजेन्सी