१९ औँ शताब्दीको पानी जहाज जर्मनीको नदीमा डुब्यो

ठूलो रकम खर्चिएर मर्मत गरिएको १९ औँ शताब्दीको पानी जहाज जर्मनीको नदीमा डुबेको छ । सामान बोक्ने अर्को पानी जहाजसँग ठोक्किँदा उक्त जहाँज डुब्न पुगेको थियो । जहाजलाई हालै मात्र १७ लाख अमेरिकी डलर खर्च गरेर मर्मत गरिएको थियो ।

उक्त जहाज नम्बर फाइभ स्कूनर नाम गरेको पानी जहाजसँग ठोक्किदा जहाजमा रहेका धेरै मानिस घाइते भएका छन् । जमर्नीको उत्तरी शहर ह्यामबर्गमा रहेको एल्बे नदीमा स्थानीय समय अनुसार शनिबार राति उक्त जहाज दुर्घटना भएको हो । पानी जहाजमा रहेका सबै ४३ जनालाई उद्धार गरिएको छ ।

यो पानी जहाज सन् १८८३ मा निर्माण भएको थियो ।