नेशन्स लिग फुटबलको उपाधि पोर्चुगललाई

पोर्चुगलले नेशन्स लिग फुटबलको उपाधि जितेको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले पहिलोपटक आयोजना गरेको प्रतिस्पर्धाको उपाधि पोर्चुगलले जितेको हो ।

घरेलु मैदान पोर्टोमा आइतबार राति भएको खेलमा पोर्चुगलले नेदरल्याण्डसलाई १(० ले हराउँदै उपाधि जितेको हो । रोनाल्डो कप्तानीको पोर्चुगलले तीन वर्षमा दोस्रो उपाधि जितेको हो । सन् २०१६ मा फ्रान्सलाई पराजित गरेर पोर्चुगलले युरोकप फुटबलको उपाधि जितेको थियो ।

नेशन्स लिगको फाइनलमा पोर्चुगलका लागि दोस्रो हाफमा गोन्कालो गुएडेसले गरेको गोल नै निर्णायक गोल बन्यो । गुएडेसले ६० औँ मिनेटमा गोल गरेका थिए । डच टिमका लागि मेम्फिस डिपेयीले गोल गर्ने राम्रो प्रयास गरेपनि पोर्चुगलका गोलरक्षक रुई प्याट्रिसिओले त्यसलाई सफल हुन दिएनन् ।

यो खेल दुई कप्तानबिचको प्रतिष्ठाको लडाईँ जस्तै भएको थियो । पोर्चुगलका कप्तान रोनाल्डो र डच कप्तान भर्जिल भान डिजेकले क्लब स्तरमा हालै सकिएको सिजनमा उपाधि जितेका थिए । रोनाल्डोले युभेन्टसबाट सिरी ए तथा भान डिजेकले लिभरपुलबाट च्याम्पियन्स लिग फुटबलको उपाधि जितेका थिए ।

सेमिफाइनलमा ह्याट्रिक गरेका रोनाल्डोले यो खेलमा भने गोल गर्न सकेनन् ।

नेशन्स लिग फुटबलको उपाधि पोर्चुगललाई