पोखरा महानगरको प्रमुखमा आचार्य र उपप्रमुखमा एमालेकी गुरुङ विजयी

पोखरा महानगरको प्रमुखमा आचार्य र उपप्रमुखमा एमालेकी गुरुङ विजयी


कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् ।

आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् । आचार्यले ५८ हजार ८९३ मत पाए । थापाले ५२ हजार ८४८ मत प्राप्त गरे। पोखरामा कुल एक लाख ४३ हजार २२६ मत खसेको थियो ।

त्यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ निर्वाचित भएकी छन् उनले गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई तीन हजार ८८३ मतान्तरले पराजित गरिन् । गुरुङको  ६० हजार ५४६ मत आउँदा रानाभाटले ५६ हजार ६६३ मत पाइन् ।

Logo