काठमाडौं महानगर : बालेनले पाए ५३ हजार मत, स्थापित र सिंहबीच दाेस्राे हुने प्रतिस्पर्धा

काठमाडौं महानगर : बालेनले पाए ५३ हजार मत, स्थापित र सिंहबीच दाेस्राे हुने प्रतिस्पर्धा


काठमाडौं महानगरपालिकाको मेयर  पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५३ हजार मत कटाएका छन्। साहले ५३ हजार ५६ मत ल्याएका छन् । 

नेकपा एमालेका केशव स्थापितले ३३ हजार १६६ मत ल्याएका छन् । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३३ हजार १०५ मत ल्याएकी छन् । 

१ लाख ६४ हजार ५६० मत गणना हुँदा साहले फराकिलो मतान्तरसहित अग्रतालाई निरन्तरता दिएका हुन् ।

वैशाख ३० गते मतदान पश्चात थालिएकाे मतगणनाको आज १२ औं दिन हो । मतगणना जारी छ।

Logo