छात्रामाथि दुर्व्यवहार गर्ने सेन्ट लरेन्स कलेजका शिक्षक बर्खास्त

छात्रामाथि दुर्व्यवहार गर्ने सेन्ट लरेन्स कलेजका शिक्षक बर्खास्त


छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका राजधानीको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकलाई कलेज प्रशासनले बर्खास्त गरेको छ।

कलेजका कोर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ की एक छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै कलेजमा जानकारी आएपछि बसेको कलेज प्रशासनको बैठकले उनलाई बर्खास्त गरेको हो ।

शिक्षक अधिकारीले दुर्व्यवहार गरेको कुरा बाहिरिएपछि सोमबार कलेजले आरोपित शिक्षक अधिकारीलाई कलेजबाट निस्कासन गरेको प्रिन्सिपल पुरुषोत्तम महर्जनले एक विज्ञप्ति जारी गरि जानकारी दिएका हुन् ।

पीडित विद्यार्थीहरुले महानगरिय प्रहरी वृत्त गौशालामा उजुरी दिएका छन् । उजुरीपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढाइसकेको पनि जारी विज्ञप्तिमा उल्लेख छ । 

घटनाको विषयमा कलेज प्रशासन गम्भीर रहेको र यसको अनुसन्धानमा आवश्यक सबै सहयोग गर्न तयार रहेको प्रिन्सिपल महर्जनले बताएका छन् । 

आगामी दिनमा हुन सक्ने यस्ता घटनाहरुप्रति कलेज सतर्क रहने र अहिलेको यो घटनाको अनुसन्धानमा सहयोग पुर्याउन कलेजले सम्बन्धित विद्यार्थी, शिक्षक र अभिभावकसमक्ष अनुरोध पनि गरेको छ।

Logo