गृहमन्त्रीको जवाफ माग्दै कांग्रेसले संसद अवरुद्ध गर्‍यो
फाईल तस्बिरः संसदमा कांग्रेसको अवरोध

काठमाडौं । गृहमन्त्रीको जवाफ माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकड गरेको विषय कांग्रेसले गृहमन्त्रीको जवाफ मागेको हो ।

गृहमन्त्रीको जवाफ माग गर्दै कांग्रेसले संसद अवरुद्ध गरेको छ । कांग्रेस सचेतक पुष्षा भुसालले सनातनदेखि चल्दै आएको गुठी परम्परा संविधान भन्दामाथि रहेको भन्दै सरकारले गुठी विधेयक ल्याएर त्यो गुठीको परम्परा, रिती, धर्म, संस्कृति माथि संविधानको धाराहरुको व्याख्या गरेर दमन गर्न खोजेको आरोप लगाइन्।

माइतीघर मण्डलमा शान्तिपूर्ण विरोध गरेका गुठीयारहरुमाथि प्रहरी परिचालन गर्दै दमन गरेको र धेरै गुठीयारहरु घाइते र पक्राउ गरिएकोमा आपत्ती जनाउँदै भुषालले दुई तिहाइ सरकारले सडकमा आएर बोल्न नदिएर प्रजातन्त्र नचाहेको बताइन्। गुठीयारहरुको अधिकार समाप्त पार्ने षड्यन्त्रमा आएको गुठी विधेयक र हिजो भएको दमनका बारेमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै कांग्रेसले संसद चल्न नदिने घोषणा गर्‍यो।

लगत्तै सभामुख कृष्ण बहादुर महाराले मन्त्री सम्म कुरा पुर्‍याउने बताउँदै सदन सुरु गर्न अपिल गरे। तर कांग्रेसले सदन अवरुद्ध नरोकिने बताएपछि सभामुखले १५ मिनेटलाई सदन स्थगित गरे। १५ मिनेटपछि सुरु हुने भनिएको बैठक सूचना टाँस गरी भोली मंगलाबार ११ बजे बस्ने गरी स्थगित गरिएको छ।