भारतले अष्ट्रेलियालाई हराएपछि पूनमको यस्तो हर्कत

एजेन्सी । भारत र अष्ट्रेलियाबीचको क्रिकेट खेलमा भारत ३६ रनले विजयी भयो । भारत विजयी भएपछि बलिउड क्षेत्रकी विवादित अभिनेत्री पूनम पाण्डेले एउटा उत्तेजक तस्बिर सार्वजनिक गरेकी छन् ।

टिम इण्डियाको लागि भन्दै उनले उत्तेजक तस्बिर सार्वजनिक गरेकी हुन् । चलचित्र क्षेत्रमा नचलेपछि अश्लिल हाउभाउ गर्दै उनी चर्चामा आइरहन्छिन् । अश्लिल हाउभाउकै कारण उनी बढी विवादित बन्छिन् ।

उनको तस्वीरमा गालीको बर्षा भएको छ । धेरैले उनलाई नराम्रोसँग गाली गरेका छन् । उनले केही समय अगाडि भारतले क्रिकेटको विश्वकप जितेको खण्डमा मैदानमा नांगै दौडने घोषणा समेत गरेकी थिइन् । तर यो पटक भने त्यस्तो घोषणा गरेकी छैनन् ।