यौन हिंसा र बलात्कारका घटनाको निष्पक्ष अनुसन्धान गर्नू : मानव अधिकार आयोग

यौन हिंसा र बलात्कारका घटनाको निष्पक्ष अनुसन्धान गर्नू : मानव अधिकार आयोग


राष्ट्रिय मानव अधिकार आयोगले यौन हिंसा र बलात्कारका घटनाका आरोपितलाई यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ । 

आयोगले आज बुधवार नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी र यौन हिंसा तथा बलात्कारका घटनामा अनुसन्धान गरिरहेका प्रहरीसँग छलफल गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत पीडितले समयमै न्याय पाउने अधिकारको सुनिश्चित गर्न निर्देशन दिएको हो । 

छलफलमा मानव अधिकार आयोगकी सदस्य लिली थापाले अपराधीलाई उम्कन नदिन तथा पीडित र साक्षीको सुरक्षा गर्न निर्देशन दिए ।  जवाफमा प्रहरी नायब महानिरीक्षक सुवेदीले महिला हिंसासँग जोडिएका घटनालाई प्रहरीले संवेदनशील रूपमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएका थिए । 

आयोगले यौन हिंसा र बलात्कारका घटनामा प्रहरीको अनुसन्धान कार्यमा सघाउन तथा अनुचित प्रभाव पार्ने कुनै पनि क्रियाकलाप नगर्नरनगराउन सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ ।

 

 

 

Logo